logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय हीतमा इमानदार भएकै कारण आगामी निर्वाचनमा नेकपाले दुई तिहाइ बहुमत ल्याउछ : प्रचण्ड


अंकुरण खबर
1.586K
Shares

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एक्लैले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

आइतबार चितवनको इच्छाकामना गाउँपालिका कमिटीको शपथ ग्रहणमा अध्यक्ष प्रचण्डले आगामी तीन वर्षको सरकार र पार्टीको कामले नेकपा एक्लैले दुई तिहाइ मत ल्याउने वातावरण सिर्जना गर्ने दाबी गरेका हुन् ।

कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा र सम्वर्धन गर्न सक्ने अध्यक्ष प्रचण्डको दावी थियो ।

उनले कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका भूमि भारतले आफ्नो राजनीतिक नक्सामा समेटेको कुरामा सरकार, पार्टी गम्भीर रहेको बताउँदै एक इन्च भूमि पनि नछोडिने दाबी गरेका छन् ।