logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ


अंकुरण खबर
2.08K
Shares

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । सीमा अतिक्रमणको विरोधमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने क्रममा नेता गजुरेल पक्राउ परेका हुन् ।

सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ।

माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ । सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।