अमेरिकाको एक चर्चमा गोली चल्दा २ जनाको मृत्यु भएको छ। टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली गोल्दा २ जनाको ज्यान गएको हो।
प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रार्थनाको फेसबुक लाइभ भइरहेकाले उक्त घटना पनि प्रत्यक्ष लाइभ देखिएको थियो। घटनामा आक्रमणकारीको समेत मृत्यु भएको समाचारमा जनाइएको छ।
सुरक्षाकर्मीको आक्रमणमा उनी मारिएका हुन्। ती व्यक्तिले किन आक्रमण गरे भन्ने बारे अहिलेसम्म खुलाइएको छ। अमेरिकामा पछिल्लो समय क्रमबद्ध रुपमा गोली काण्डका घटना भइरहेका छन्।