काठमाडौं – चिसो हुने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जतल था मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशैभरि हाल जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहेको मौसमविदले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ ।
तर आइतबारको तुलनामा सोमबार चिसो हावा बहने क्रम केही कम भएको छ । यसले गर्दा काठमाडौं उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढेको छ । सोमबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनमत तापक्रम १.८ डिग्री सेल्सियस मापन भएको छ ।
आइतबारको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस थियो । त्यसअघि शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको थियो ।