logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तत्कालिन राजा वीरेन्द्रको आज ७५ औं जन्म जयन्ती


अंकुरण खबर
2.171K
Shares

काठमाडौं – तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती आज उनको सम्झना गरि मनाईंदै छ ।

वीरेन्द्रको जन्म वि.सं.२००२ सालमा भएको थियो । वि.सं २०२८ सालमा उनी नेपालका राजा भएका थिए । वीरेन्द्रको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा निधन भएको थियो ।

उक्त घटनामा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिकारकुमार निराजन, छोरी श्रुतिलगायत आफन्तको पनि त्यसबेला निधन भएको थियो । दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको ठानिन्छ ।

तत्कालीन राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा राजावादीहरुले विभिन्न कार्यक्रम गरी सोमबार मनाउँदैछन् । तत्कालीन राजा वीरेन्द्रको जन्मजन्तीबारे राज्य बेखबर रहे पनि सामाजिक सञ्जालमा उनको परिवारसहितको तस्बिर छ्याप्छयाप्ती छ ।

जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति श्रद्धा गर्नेहरुले ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी तत्कालीन राजा वीरेन्द्रको सम्झना गरेका थिए ।