logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव समूहका ३ कार्यकर्ता पक्राउ


अंकुरण खबर
1.365K
Shares

जिल्ला प्रहरी कार्यालय मोरङले आज नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाईं समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी ले जनाएको छ ।

उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरिएको हो ।