सिद्धबाबा अर्थात कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।
बलत्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कृष्णदासलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । आइतबारदेखि चलेको थुनछेक बहसमा बादीकोतर्फबाट ८ जना र प्रतिवादीको तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए। दुवै पक्षको बहसपछि अदालतबाट यस्तो आदेश भएको थियो।
४ कात्तिकमा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका कृष्णदास १६ मंसिरमा पक्राउ परेका थिए ।