logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगो ताप्ने क्रममा जलेर एक वृद्धाको  मृत्यु, एक घाइते


अंकुरण खबर
2.158K
Shares

बारा – प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको  मृत्यु भएको छ भने अर्की जना वृद्धा घाइते भएकी छन् ।

घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याउने क्रममा आइतबार बेलुकी मृत्यु भएको हो ।

घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।