logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ वर्षमा टेलिकमको ‘नयाँ अफर’


अंकुरण खबर
780
Shares

काठमाडौं – नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जिएसएम–सिडिएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुँदै आएकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ ।

पुस १६ गतेदेखि ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ । नयाँ सिमकार्डमा १० रुपैयाँ ब्यालेन्सको रुपमा उपलब्ध हुनेछ भने ४० मिनेट टक टाइम, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने जनाइएको छ ।

यसअघि नै सिमकार्ड खरिद गरी एक्टिभ नगरेकाहरुले पुस १५ गतेसम्म सिम एक्टिभेट गरेमा पुरानो व्यवस्था अनुसारको ब्यालेन्स ५० रुपैयाँ प्राप्त हुनेछ भने पुस १६ गते वा सो भन्दापछि एक्टिभेट गरेमा नयाँ व्यवस्था अनुसारको ब्यालेन्स १० रुपैयाँ तथा थप सुविधा प्राप्त हुने जनाइएको छ ।

नयाँ प्रिपेड सिमकार्डमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भए तापनि यसको मूल्यमा कुनै परिवर्तन गरिएको छैन । ९० रुपैयाँमै सिमकार्ड उपलब्ध हुनेछ ।