logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गतवर्ष रेमिट्यान्समार्फत् ७.८५ अर्ब अमेरिकी डलर प्राप्त


अंकुरण खबर
1.196K
Shares

गएको एक वर्षमा रेमिट्यान्स (विप्रेषण) मार्फत् नेपालमा कूल ७.८५ अर्ब अमेरिकी डलर भित्रिएको छ। जुन नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २५.४ प्रतिशत हो।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको हो।

यस अवधिमा नेपालीहरु कामका लागि जाने पाँच प्रमुख गन्तव्य मुलुकहरुमा साउदी अरेबिया, कतार, मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेत रहेका छन्।

सोही अवधिमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिने र नवीकरण गर्नेको संख्या २ लाख ४३ हजार ८ सय ६८ रहेको छ ।