logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।

सोमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको हो । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेको बताइएको छ । अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।