logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ल्होसारले एकताको भावना बढाउन मद्दत गरेको छ : राष्ट्रपति भण्डारी


अंकुरण खबर
4.485K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली गुरुङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

तमु ल्होसारका अवसरमा दिइएको शुभकामना सन्देशमा उनले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नसमेत गुरुङ समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेकी छन्।

गुरुङ संस्कृति बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अङ्गका रुपमा रहेको बताउँदै राष्ट्रपतिले सन्देशमा तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको उल्लेख गरेकी छन्।

गुरुङ समुदायको यो पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेकी छन्।