logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भिजिट नेपाल २०२०मा विदेशी पर्यटकलाई कोठा भाडामा ३० र खानामा १५ प्रतिशत छुट


अंकुरण खबर
1.053K
Shares

भिजिट नेपाल २०२०लाई लक्षित गरी होटलले विदेशी पर्यटकलाई कोठा भाडामा ३० र खानामा १५ प्रतिशत छुट दिने भएका छन् । यो छुट २०२० जनवरी १ देखि डिसेम्बर ३१ सम्म पाउनेछन्। यो छुट विदेशी पर्यटकको लागि मात्र रहेको होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए ।

पर्यटकले जुनै कोठा बुकिङ गरे पनि तोकिएको छुट पाउनेछन्। भ्रमण वर्षलाई लक्षित गरी एसोसिएसनले दुई महिनाअघि नै पर्यटकलाई छुट दिने निर्णय गरेको शाहले बताए।