आज नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।
भ्रमण वर्षको बहार, नेपाली टोपी उपहार’ भन्ने नारा सहित टोपी दिवस मनाइएको हो । केही वर्ष अघिदेखि राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उदेश्यसहित अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउन थालिएको हो । टोपी दिवसको सन्दर्भमा विभिन्न संघसस्थाले प्रभातफेरी सहित माइतिघरमा कार्यक्रमको आयोजना गरे ।