प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोन वार्ता भएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो बताएका छन् । उनले ट्विटमा लेखेका छन् आज बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोन वार्ता भयो। हामीले नयॉ बर्ष २०२० को शुभकामना आदानप्रदान गर्यौं । दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ ।
ओलीले बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पुर्याउन सन् २०२० सफल रहनेमा आफूहरुले विश्वास व्यक्त गरेको उल्लेख गरेका छन् ।