सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आजदेखि शुरु हुँदैछ ।
काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधनगर्ने कार्यक्रम छ। अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । भ्रमण वर्षको भव्य उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ। भ्रमण वर्षको उद्घाटनस्थल रङ्गशालामा पूर्वाभ्याससमेत गरिएको थियो। यसै अवसरमा ट्राफिक प्रहरीले उद्घाटनको समयमा त्यस क्षेत्र आसपास अतिआवश्यक सवारी बाहेक अन्य सवारी साधान नचलाउन समेत आग्रह गरेको छ ।