सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुने जीकिर गरेका छन् ।
बुधबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसिसीले नेपाललाई धेरै फाइदा पुग्ने भएकाले संसदबाट बिना रोकटोक पास हुने दाबीसमेत गरेका छन् । उनले भने, ‘कसैले चाहेर पनि अब एमसिसी फेल हुँदैन, सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ।’ उनले एमसिसी निश्चित मापदण्ड पूरा गरेपछि मात्र लागूहुने भएकोले एमसिसीलाई राजनीतिक मुद्दा बनाउन नहुने आग्रह गरे।
नेपालले सन् २०११ को डिसेम्बरमा उक्त मापदण्ड पूरा गरेको उनको भनाइ छ। लिपियाधुराको विवाद समाधान हुन्छ मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको नै भएको दाबी गरे।