logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । देशभर मौसम सामान्य बदली रहेको छ ।

आज उच्च पहाडी तथा हिमाली भु-भागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा  वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर  सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडि तथा हिमाली भु-भागमा भने हिमपातको सम्भावना छ ।

मौसम बदली संगै वर्षा र हिमपातको संभावना रहेको र चिसो बढ्ने हुनाले सतर्कता अपनाउन पनि मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।