logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

तेलको मूल्य बढ्यो, हवाई ईन्धन र एलपी ग्यासको मूल्य हालकै यथावत


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।