काठमाडौं – नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ ।
बिहीबार बिहान साढे ३ बजे इटहरी-९ भोजपुरे टोलस्थित निवासमा उनको निधन भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति समेत रहेका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार शोक विज्ञप्ति जारी गर्दै प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।