काठमाडौं – प्रहरीले काठमाडौंको नागढुङ्गाबाट झण्डै पाँच किलो चरेससहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चन्द्रगिरि नगरपालिका-२ नागढुङ्गाबाट चार किलो ८०० ग्राम चरेससहित मकवानपुर थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान् खत्रीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५३७१ नम्बरको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला परेको हो
खत्रीले झोलामा लुकाई छिपाई चरेस ल्याउँदै गरेको पाइएको प्रहरीको दाबी छ । उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।