logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जम्मु कस्मिरको लडाईमा मारिए नेपाली युवा


अंकुरण खबर
1.391K
Shares

काठमाडौं – कास्मिरमा भारत र पाकिस्तानबीच गोली हानाहानमा  हुदाँ एक नेपाली युवाको मृत्यु भएको छ ।

बुधबार राति जम्मु र कास्मिरको राजोउरी जिल्लामा गोलीबारी हुदाँ भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगरको मृत्यु भएको हो । कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा नेपाली युवाको मृत्यु भएको हो ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दले मारिनेमा एकजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन् । त्यस्तै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको पनि सो भीडन्तम मृत्यु भएको भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले जनाएका छन्।

सेना कस्मिरमा खोजी तलासीको अपरेसनमा खटिएका थिए। पाकिस्तानी सेना भारत छिर्ने प्रयासमा रहेका बेला उनीहरूबीच खारी थरेत जंगलमा गोलीबारी भएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।