logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा कारको ठक्करबाट युवतीको मृत्यु, स्कुटर चालक घाइते


अंकुरण खबर
715
Shares

काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० बेसक्याम्प चोकमा कारको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन् ।

बुधबार राति ठक्करबाट मृत्यु हुनेमा बुटवल–११ देवीनगरकी २२ २३ वर्षीया सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १८ च ४५६१ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, कारको ठक्करबाट स्कुटर चालक गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुरका २१ वर्षीय सरोज खत्री घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइ रहेको छ ।

दुर्घटना पश्चात कार सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।