logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हाइवेमा डरलाग्दो दुर्घटना, एकसाथ एक दर्जन सवारीसाधन ठोक्किए


अंकुरण खबर
845
Shares

कुहिरोका कारण हाइवेमा डरलाग्दो दुर्घटना भएको छ। बिहान बिहान भिजिभिलिटी निकै कम भएका कारण हाइवेमा एक दर्जन गाडी एक आपसमा ठोक्किएका छन्।

बिहीबार बिहान दिल्ली–जयपुरको बीचमा पर्ने नेशनल हाइवे आठमा एक दर्जन सवारीसाधन एकआपसमा ठोक्किएका छन्। अलवर जिल्लाको बहरोड क्षेत्र अन्तर्गत नेशनल हाइवे आठस्थित दूघेरा गाउँ नजिकै कुहिरोका कारण गुडिरहेका एक दर्जन सवारीसाधन एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा २० जना घाइते भएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरेर अस्पताल पुर्याएको थियो।

हाइवेमा भएको दुर्घटनाका कारण ट्राफिक जाम बढेको छ भने कयौँ यात्रु बीच सडकमै अलपत्र परेको भारतीय मिडिया आजतकले जनाएको छ।