काठमाडौं – अब उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने भएका छन् ।
बिहीबार राष्ट्रियसभामा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उखु जोखेपछि रकम किसानको खातामा जाने ब्यवस्था गर्ने बताएका हुन् ।
उखु किसान र चिनी मिल तथा व्यवसायीको समग्र समस्या पत्ता लगाउन सरकारले कार्यदल गठन गरेको मन्त्री भट्टले बताए । साथै नयाँ मेसिनको लागी पनि सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
उद्योगीका मागअनुसार विदेशी चिनी आयातमा प्रतिबन्ध लगाएको भन्दै मन्त्री भट्टले चिनी उद्योगीको समस्या पनि सरकारले हल गर्ने बताए । नेपालका चिनी मिलमा पुरानो मेसिन भएका कारण भारतमा जस्तो थोरै उखुले धेरै चिनी दिन नसकेको भन्दै त्यसमा पनि सुधार गर्नुपर्ने उनले बताए ।