काठमाडौं- बाजुरामा भएको जिप दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार जिप कर्णाली नदीमा खसेको हो ।
बिहीबार दिउँसो बाजुराको हिमाली गाउँपालिकामा से १ ज १०६४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिपमा कतिजना यात्रुहरु थिए भन्ने अहिलेसम्म जानकारी नआएको प्रहरीले जनाएको छ ।