logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भीसीटीएसबारे नाडा र राजस्व अनुसन्धान विभागविच कडा छलफल


अंकुरण खबर
754
Shares

नेपाल अटोमोवाइल्स एशोसिएसनको प्रतिनिधि मण्डलले बिहीवार राजस्व अनुसन्धान विभागका पदाधिकारीहरुसँग भेटी सरकारले व्यावसायिक क्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्धेश्यले ल्याएको भेहिकल कन्साईमेन्ट ट्याकिंग सिस्टम को कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे छलफल गरेको छ ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले विभागका महानिर्देशक दीर्घराज मैनालीसँग भेटी गत खासगरी अटोमोवाइल व्यावसायीहरुमा भीसीटीएसबारे अन्यौलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा जानकारी रहेको थियो ।

सो क्रममा महानिर्देशक मैनालीले भीसीटीएस व्यावसायीहरुकै हितमा ल्याइएको भन्दै यसबारे व्यावसायीहरुलाई के– कस्तो सहयोगको आवश्यकता पर्छ त्यसमा सहयोग गर्न विभाग तयार रहेको छ ।

छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भीसीटीएसबारे अटोमोवाइल व्यावसायीहरुलाई आवश्यक जानकारी दिन निकट भविष्यमै प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताएका छन ।