logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पुरस्कृत


अंकुरण खबर
2.782K
Shares

काठमाडौं – बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरेको छ ।

बिहीबार मन्त्रालयमा एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले खनाललाई १० हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । यसैगरी, बेरुजु फर्स्योटमा उत्कृष्ट काम गरेको भन्दै मन्त्रालयले अन्य ८ जनालाई पनि पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा गृह सचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेललाई जनही १० हजार नगदसहित पुरस्कृत गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहका तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख (उपसचिव)शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई जनही ८ हजार नगदसहित पुरस्कृत गरिएको हो ।