logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालीले पाँच महिनामा १ अर्ब भन्दा बढी चुराेटमै उडाए


अंकुरण खबर
2.119K
Shares

सुर्तीजन्य वस्तुको आयात गत वर्षभन्दा चालू आवमा बढेको छ। चालू आर्थिक वर्ष २०७६ / २०७७ को पहिलो पाँच महिनामा १ अर्ब २९ करोडको चुरोट तथा सुर्तीजन्य वस्तु आयात भएको हो।

प्रत्येक प्याकमा ‘चुरोट तथा सुर्ती सेवन स्वास्थ्यको लागि हानिकारक छ’ भनेर तस्बिरसहितको चेतावनी लेखिए पनि नेपाली समाजलाई त्यसले असर नगरेको तथ्यांकले देखाएको छ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ९३ करोड ४८ लाख रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको थियो। तर यो वर्षको सोही अवधिमा १ अर्ब २९ करोडको सुर्तीजन्य पदार्थ आयात भएको छ।

विभिन्न अध्ययनले विश्वमा ९० प्रतिशत क्यान्सर सुर्तीजन्य वस्तुको सेवनले हुने गरेको देखाएको छ। महंगो उपचार खर्च लाग्ने क्यान्सर रोग लागेका धेरै बिरामीको अल्पायुमै मृत्युसमेत हुने गरेको छ। यस्तै चालू आवको पाँच महिनामा नेपालले १३ अर्ब २७ करोडको औषधि आयात गरेको छ। गत वर्षको यही अवधिमा १४ अर्ब ५५ करोडको औषधि आयात भएको थियो।