काठमाडौं – त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कासिव मोहम्मद र मुस्राफिन मोहम्मद छन् । बिहीवार मध्यान्ह फ्लाई दुबईबाट सोझै काठमाडौं ओर्लिएका कासिवले नयाँ दिल्लीबाट काठमाडौं आईपुगेका मुस्राफिनलाई सुन हस्तान्तरण गर्न लाग्दा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो ।
कासिब मोहम्मदले सुनलाई पगाली प्याकेटमा हालेर तस्करी गरेको प्रहरीले जनाएको छ ।