logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भारी हिमपात र वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


अंकुरण खबर
1.209K
Shares

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ ।

देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।