काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन १ हजार र चाँदी १० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन १ हजारले बढेर ७४ हजार ५ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै उच्च मूल्य हो । बिहीबार छापावाला सुन तोलामा ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार २ सयमै कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।