logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अटोमेटिक पेस्तोलसहित इटहरीमा दुई जना पक्राउ


अंकुरण खबर
1.391K
Shares

इटहरीबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा पेस्तोलसहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सुन्दर-हरैंचा ४ का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका वडा नम्बर ७ का ४७ वर्षीय जमिल अन्सारी रहेका छन्।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ कदमा टोलमा चेकजाँच गर्ने क्रममा को९प ७४८६ मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फलामले बनेको उक्त पेस्तोलको नाम र नम्बर खुलेको छैन। उक्त पेस्तोलमा ७.६५ एमएमका पाँच थान गोली लोड गरेको म्यागजिन पनि फेला परेको छ।

उनीहरू हतियार कारोबारी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।