logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने ‘राते’ पक्राउ


अंकुरण खबर
1.495K
Shares

ठमेल क्षेत्रमा गुण्डागर्दी गर्ने राते भन्‍ने सुजन श्रेष्ठ पक्राउ परेका छन् ।

२०७५ को चैत १८ गते काठमाडौंको महानगरपालिका-२६ स्थित एलओडी क्लब अगाडि ज्यान मार्ने उद्देश्यले विष्णु कठायतको टाउकोमा रड प्रहार गरेको भन्‍ने उजुरीका आधारमा महानगरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी घर भई हाल काठमाडौं महानपालिका नयाँ बजार १६ मा बस्‍ने सुजन श्रेष्ठलाज्ञ पुस १७ गते नियन्त्रणमा लिएको प्रहरीले जनाएका छन् । उनीसँगै रहेका अर्का रेम्बो भन्‍ने अजय गुरुङको खोजी भइरहेको नेपाल प्रहरीले बताएका छन ।

यस विषयमा थप अनुसन्धानका लागि रातेलाई महानगरीय प्रहरी वृत लैनचौर पठाइएको प्रहरीले जनाएको छ ।