logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलद्वारमा लुकाएर ल्याएको २ किलो सुनसहित दुई भारतीय पक्राउ


अंकुरण खबर
689
Shares

काठमाडौं – मलद्वारमा लुकाएर ल्याएको २ केजी सुनसहित २ जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् । प्रहरीका अनुसार दुवईबाट आएका उनीहरुले ३र३ वटा डल्ला बनाएर मलद्धारमा लुकाएर ल्याएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखासहितको टोली र विमानस्थल भन्सारले निरन्तरको निगरानीपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

मलद्वारमा निलो प्लास्टिक बेरेर ल्याएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ ।