logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ६० वर्षीय साह पक्राउ


अंकुरण खबर
2.353K
Shares

प्रहरीले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुजरा नगरपालिका–५ हरिहरपुर बस्ने ६० वर्षीय महेन्द्र साह रहेको प्रहरी चौकी हरिनगराले जनाएको छ । साहले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।