बिशेष सुराकीको आधारमा प्रहरीले अवैध लागुऔषध गाँजा १२ किलो ७६० ग्रामसहित ५ जना पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना ५ ख ६६१९ नम्बरको पोखराबाट जनकपुर चल्ने बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरी सितापुर भङहा-१४ की ३० वर्षीया ममता कार्की, धनुषा मुखियापट्टी गाउँपालिका–२ बहेराबेला बस्ने ४८ वर्षीय बिल्टु महतो, पर्सा सखुवा प्रसौनि गाउँपालिका बस्ने ३७ वर्षीया विमला विक, सोही स्थानकी ५० वर्षीय पल्टी माझी र ६० वर्षीया रमियाँ चौधरी रहेका छन् ।
उनीहरुलाई बारा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।