logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंतर्फ उडेका दुई विमान जनकपुरमा आकस्मिक अवतरण


अंकुरण खबर
611
Shares

छुट्टाछुट्टै स्थानबाट काठमाडौंका लागि उडेका यति एयरलाइन्सका दुईवटा विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको छ ।

नेपालगञ्ज तथा तुमलिङ्गटारबाट आज काठमाडौंका लागि उडेका दुई विमान आकस्मिक रुपमा जनकपुरतर्फ डाइभर्ट गरिएको हो ।

कठमाडौंमा निरन्तर परेको पानीका कारण अवतरणका लागि मौसम प्रतिकुल भएपछि जनकपुरमा अवतरण गरिएको जनकपुर विमानस्थलका प्रमुख सन्तोष ढकालले जानकारी दिएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश खुल्ला नभएकोले विमान डाइभर्ट गरी जनकपुर पुगेको हो । आकाश हाल खुल्दै गएकाले नेपालगञ्जबाट विमान काठमाडौं तर्फ उडिसकेको छ । यता, तुम्लिङ्टारबाट आएको विमान भने केहीबेरपछि उड्ने तयारीमा रहेको छ ।