logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘टु प्लस वान भने पनि नेपाल-चीन-भारतबीच त्रिपक्षीय साझेदारी हो’ : चिनियाँ राजदूत यान्छी


अंकुरण खबर
1.599K
Shares

काठमाडौं – नेपाल–चीन र भारतका बीचमा त्रिपक्षीय साझेदारी कि चीन–भारत प्लस नेपाल बन्ने बहस भईरहेका बेला चीनले टु प्लस वान भन्ने शव्द प्रयोग भएपनि त्रिपक्षीय साझेदारी भएको बताएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले शुक्रबार काठमाण्डौंस्थित दूतावासमा पत्रकार सम्मेलन आयोजना गरि चीनको पछिल्लो धारणा सार्वजनिक गरेकी हुन् ।

टु प्लस वान भन्दैमा चीन र भारतले नेपाललाई डिक्टेड गर्न नसक्ने उनले बताईन् । ‘टु प्लस वान भनेको त्रिपक्षीय सहकार्य नै हो। यसमा चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन, सबै देश समान हुन्,’ उनले भनिन्।

नेपालले चीन र भारत प्लस नेपाल भन्ने फरक हैसियत हुन नहुने अडान सार्वजनिक रुपमा राखिसकेपछि चीनले त्रिदेशीय साझेदारीमा नै जोड दिएको राजदूत हाउ यान्छीको भनाईले देखाएको छ ।

पछिल्लो चरणमा नेपालमा सर्वाधिक चर्चामा रहेको अमेरिक परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपाल आफैंले निर्णय गर्न सक्ने चीनको धारणा छ । एमसीसीलाई चिनियाँ परियोजना बेल्ट एण्ड रोड ईनिसियटिभको प्रतिस्पर्धी भनेर समेत बहस भईरहेका बेला राजदूत यान्छीले नेपालले चीनबाट मात्र नभई विश्वका जुनसुकै संस्थाबाट सहयोग लिन सक्ने र आर्थिक समृद्धिका लागि आउने त्यस्ता सहयोग कुन देशको लिने कुनको नलिने भन्ने निर्णय नेपाल सरकारले गर्नुपर्ने उनको भनाई थियो ।