logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषा बम बिष्फोटका मुख्य योजनाकार ‘विप्लव’का नेता पक्राउ


अंकुरण खबर
1.768K
Shares

गत मसिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका भएको बम बिष्फोटका मुख्य योजनाकार मानिएका विप्लव नेतृत्वका एक नेता पक्राउ परेका छन् ।

घटनाका मुख्य योजनाकार मानिएका आदम विप्लप नेतृत्व नेकपाका केन्द्रीय सदस्य राइनलाई प्रहरीले आज पक्राउ गरेको हो । घटनापछि राइन फरार रहेका थिए । राइनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

बम विष्फोटमा प्रहरी निरिक्षक अमिरकुमार दाहालसहित राजेश साह र आनन्द साह गरी ३ जनाको मृत्यु भएको थियो ।