logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिसोका कारण दुई राउटे बालकको मृत्यु


अंकुरण खबर
1.118K
Shares

कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपातभएको छ। बिहीबार अपरान्हदेखि कर्णालीको प्रदेश राजधानी सुर्खेतका उच्च पहाडी क्षेत्र, दैलेख, जुम्ला, कालीकोट, हुम्ला, मुगु, जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानमा लगातार हिमपात भइरहेको छ। जिल्लाका पहाडी क्षेत्रमा भने वर्षा भएको थियो।

जंगलबीचको सानो झुपडीमा १४ वर्षीय पीपल शाही परिवारसहित सुते। बिहानउठ्दा सबै उठे तर पीपल उठेनन्। कारण, ‘चिसोले उनको मृत्यु भइसकेको थियो।’ उनी मात्र होइन चिसोकै कारण पुस ९ गते राति हर्कबहादुर शाहीको चार महिने छोरा जंगबहादुरले पनि ज्यान गुमाए ।

पछिल्लो समय अत्यधिक चिसो बढेपछि जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका दुई बालकको मृत्यु भएको छ। दुई बालकको मृत्यु भएपछि राउटे बस्ती शोकमा डुबेको छ। दर्जनौं राउटे बिरामी भएका छन् ।

‘साँझ सामान्यअवस्थामा सँगै सुतेका थिए,’ राउटे बस्तीका छिमेकी भरतबहादुर शाहीले भने, ‘बिहान मृत्यु भए छ।’ चिसोमा न्यानो कपडा र पोषिलो खाने कुरा नहुँदा उनीहरू चिसोबाट ज्यान समेत गुमाउन बाध्य छन्। राउटे बालबालिकामा पोषण समस्या हुँदा पनि चिसोमा उनीहरूलाई झनै ठूलो समस्या हुने सामाजिक सेवा केन्द्रका संस्थापकअध्यक्ष हिरासिंह थापाले जनाए। ‘उनीहरूमा पहिला कुपोषण हुन्छ,’ उनले भने, ‘त्यसैले उनीहरू चिसो पचाउन सक्दैनन् ।’ पत्रपत्रिकाबाट