logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु


अंकुरण खबर
1.118K
Shares

अष्ट्रेलियामा खोलामा डुबेर दुई नेपालीको मृत्यु भएको छ । गए राति सिड्नीको उत्तरीभेगको एक खोलामा पौडी खेल्न पसेका दुई नेपालीको मृत्यु भएको न्यू साउथवेल्स प्रहरीले जनाएको छ ।

प्रहरीले आफ्नो वेभसाइटमा मृत्यु भएकाकोे बारेमा थप जनाकारी उपलब्ध नगराए पनि मृत्यु हुने दुबै जना नेपाली भएको यहाँको एक प्रमूख रेडियो स्टेसन टूजीबीले जनाएको छ ।
खोलामा पसेको समूहका अर्को एकजनाको अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । गएराति करिब साढे ७ बजे आकस्मिक सेवाका कर्मचारीहरुले बेरोरा नेशनल पार्कस्थित हन्र्सबी खोलामा दुईजना व्यक्ति हराइरेको र एक जनालाई सासफेर्न मुश्किल भएको अवस्थामा पानीबाट बहिर तानिएको बताएका थिए ।

न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाका कर्मचारीहरुले गम्भीर अवस्थामा पानीबाट बहिर निकालिएका एक व्यक्तिको प्राथमिक उपचा पछि हेलिकप्टरमार्फत थप उपचारका लागि अस्पताल लगिएको बताएका छन् । घटनामा खटिएका प्रहरी तथा गोताखोर प्रहरीलाई कुरङ–गाइ पुलिस एरिया कमाण्डका अधिकारिहरुको सहयोग पश्चात पानीमा पसेपछि बाहिर निक्लन नसकेको दुई व्याक्तिको खोजी कार्य सुरु गरेको थियो ।

करिब रातको साढे ११ बजे गोताखोर प्रहरीले पानीमा हराइरहेका शव रहेको स्थान पहिचान गरेपछि खोजीकार्य समाप्त गरिएको थियो ।

अष्ट्रेलियाका न्यू साउथवेल्स र भिक्टोरिया राज्य यतिबेला अध्यधिक गर्मिको चापेटामा ठूलो आगलागीबाट गुज्रिरहेको छ । गर्मी छल्न समुन्द्र र नदी किनारा पुग्ने मानिसको चाप बढ्ने यो समयमा पानीमा डुबेर मर्नेको संख्या पनि वृद्धि भइरहेको छ ।

पछिल्लो समय यसरी पानीमा डुबेर मृत्यू हुने नेपालीको संख्या बर्सेनि बढीरहको भए पनि यसको न्यूनिकरणका उपाय अवलम्बनमा यहाँको विद्यार्थी र अन्य सामाजिक सेवामा सक्रिय समूदायले खासै तदारुकता देखाउन सकेका छैनन् । एजेन्सी