logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकको ६ किलोमा जीप दुर्घटनाः ७ जना घाइते


अंकुरण खबर
754
Shares

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा बलेरो जीप दुर्घटना भएको छ ।

आज बिहान जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । काठमाडौंको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा २ च ६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जनाएको छ ।

सोही ठाउँमा गत मंसिर २९ गते १६ जनाको मृत्यु हुने गरी बस दुर्घटना भएको थियो ।