सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन विकास र समृद्धिमा केन्द्रीत रहने बताएका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्राधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले देशका लागि जे गर्ने सपना थियो त्यो पूरा हुन नसकेको पनि बताए । देशका लागि आफूले अझै धेरै काम गर्न बाँकी रहेको प्रचण्डको भनाइ थियो ।
नयाँ संरचना अलि अप्ठेरो लाग्नु स्वभाविक भएको भन्दै उनले देश नयाँ संरचनाबाट पछि हट्न नसक्ने धारणा राखे । अहिलेको सरकारले समृद्ध नेपाल निर्माणको लागि नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको बताए ।
नेपालको हावापानी र वातावरण नै पर्यटन तान्ने खालको रहेको भन्दै प्रचण्डले भ्रमण वर्ष सफल हुनेमा विश्वास व्यक्त गरे ।