logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बदली र वर्षा गराउने प्रणाली कमजोर हुँदै, आज कस्तो रहला मौसम ?


अंकुरण खबर
637
Shares

काठमाडौं – केही दिन देशभर बदली र वर्षा गराएको मौसमी प्रणाली कमजोर भएकाले मौसम सुधार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएको छ। सो मौसमी प्रणाली कमजोर भए पनि हाल देशका पहाडी भू-भाग तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो मौसम खुल्ने जनाइएको छ ।

दिनभर पनि पहाडी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकासहितका क्षेत्रमा आइतबार दिनभरजसो घाम लाग्ने छ । बिहान ४.५ डिग्री सेल्सियस मापन भएको काठमाडौंको तापक्रम दिउँसो बढेर १७ डिग्रीसम्म पुग्न सक्ने मौसमविदले जनाए ।