पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ह ४९१९ नम्बरको अटोरिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको बीआर ०७ जीएच ७८ को ट्रकले शनिबार राति ठक्कर दिँदा अटोरिक्साका चालकसहित दुईको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा दमक नगरपालिका-९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल र अर्का मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा अटोरिक्सामा सवार तीनै जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।