logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५५ किलो गाँजासहित चारजना पक्राउ


अंकुरण खबर
1.339K
Shares

प्रहरीले मकवानपुरबाट तीनजना भारतीय र एकजना नेपाली गरी चारजना  लाई ५५ किलो गाँजासहित पक्राउ परेको छ ।

करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतिहारीका दिलीपकुमार सिंहसहित अन्य दुईजनालाई शनिबार हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका भारतीय नागरिकले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेका बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।