logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अहिलेसम्मकै महंगो भयो सुन, प्रतितोला कति ?


अंकुरण खबर
1.365K
Shares

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबारको तुलनामा आइतबार सुन १ हजार रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन तोलामा १ हजारले बढेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो नेपाली बजारमा कारोबार भएको अहिलेसम्मकै उच्च मूल्य हो । शुक्रबार पनि सुनको मूल्यमा १ हजारले बढेर ७४ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार २ सयमै कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहेर प्रतितोला ९ सय रुपैयाँमै कारोबार भइरहेको छ ।