logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणका फरार दिपक पक्राउ


अंकुरण खबर
1.534K
Shares

कृषि विकास बैंकको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ्गको रङ्गेली नगरपालिका-२ बस्ने ४३ वर्षीया दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए ।

सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक ह्याक गरी रकम निकालेका थिए ।

नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका सूचना अधिकृत प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।