नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र सभामुखको बिषयमा औपचारिक छलफल नभएको जीकिर गरेका छन् ।
राष्ट्रीयसभाको उम्मेदवारी दिन पोखरा पुगेका प्रवक्ता श्रेष्ठले प्रेस संगठन कास्कीले आयोजना गरेका पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उने भने सभामुख र उपसभामुख एउटै पार्टीको हुने व्यवस्था संविधानमा नभएकाले यसबारे उपसभामुखले राजीनामा दिएपछि मात्र सभामुखको लागि निर्णायक छलफल हुन्छ ।
प्रवक्ता श्रेष्ठले पार्टी एकतापछि गुट उपगुट बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गरि शसक्त पार्टी कसरी बनाउने भन्नेमा बैठकमा छलफल हुने गरेको बताए । ‘
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहले आफुले कुनै सर्त नराखी राष्ट्रीयसभामा जान लागेको समेत दावी गरे ।
यस्तै, एक अर्को प्रशंगमा पार्टीभित्र विवादमा रहेको अमेरिकी परियोजना (एमसिसी) पार्टीको सचिवालयले टुङ्गो लगाउने प्रवक्ता श्रेष्ठको दावी थियो ।